
चितवन । चितवनको सौराहामा शुक्रबारदेखि १९औं संस्करणको हात्ती महोत्सव सुरू भएको छ ।
क्षेत्रीय होटल संघ नेपाल सौराहाको आयोजना तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाको सह-आयोजनामा बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा सुरू महोत्सवको पहिलो दिन हात्ती मैत्री फुटबल पेनाल्टी सुटआउट खेल खेलाइएको थियो । आन्तरिक तथा बाहृय पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सुरू भएको महोत्सव पुस १३ गतेसम्म चल्ने छ ।