धनकुटाको भेडेटारमा १३औँ खानपिन महोत्सव आयोजना हुने

पुस ९, २०८२ |कान्तिपुर टीभी संवाददाता
धनकुटाको भेडेटारमा १३औँ खानपिन महोत्सव आयोजना हुने

धनकुटा । पर्यटकीयस्थल धनकुटाको भेडेटारमा १३औँ खानपिन महोत्सव आयोजना हुने भएको छ । 

होटल एसोशिएसन भेडेटारको आयोजनामा पुस १६ देखि १८ गतेसम्म महोत्सव सञ्चालन हुनेछ । महोत्सवमा स्थानीय तथा जातीय पहिचान झल्किने परिकारहरूलाई प्राथमिकता दिइने आयोजकले जनाएको छ । राई, लिम्बु, मगर, गुरुङ, याम्फू र नेवारी समुदायका परम्परागत खानाका परिकार महोत्सवका मुख्य आकर्षण हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । 

सहभागीले माउन्टेन बाइकिङ र प्याराग्लाइडिङको रोमाञ्चक अनुभव पनि लिन सक्नेछन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.