सिमकोटसम्म पहिलोपटक पुग्याे सार्वजनिक बस

पुस ९, २०८२ |कान्तिपुर टीभी संवाददाता
सिमकोटसम्म पहिलोपटक पुग्याे सार्वजनिक बस

हुम्ला । संघीय राजधानी काठमाडौंबाट हुम्ला सदरमुकाम सिमकोटसम्म पहिलोपटक सार्वजनिक बस पुगेको छ ।

बटालियन यातायात प्रालिको बाग्मती प्रदेश-१, ००६ ख ७४७५ नम्बरको बस चार दिन लामो जोखिमपूर्ण यात्रा पार गर्दै सिमकोट पुगेपछि स्थानीयवासीले यसलाई हुम्लाको ‘सपना-सडक’को रूपमा स्वागत गरेका छन्। चालक विवेक कार्कीका अनुसार बसले काठमाडौँबाट १८ जना यात्रु लिएर यात्रा सुरू गरेको थियो। यो बस यात्रासँगै हुम्लामा बहस हुँदै आएको समग्र विकास दृष्टिकोण ६ वटा ब अर्थात् बाटो, बिजुली, विचार, वन, बजार र व्यवस्थापनको बहस व्यवहारिकतासहित अघि बढेको देखिएको छ।

सडकबाट सिमकोट जोडिएपछि शिक्षा, स्वास्थ्य, व्यापार, पर्यटन, सरोकारवाला सेवा तथा आपतकालीन उद्धार सबै क्षेत्रमा प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ। सिमकोटमा सार्वजनिक बसको आगमनलाई हुम्लाको भौगोलिक कठिनाइ चिर्दै प्रवेश गरेको परिवर्तनको संकेतका रूपमा हेरिएको सिमकोटबासीले हेरेका छन्।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.