बर्दियामा आजदेखि बाघ गणना सुरू

पुस ९, २०८२ |कान्तिपुर टीभी संवाददाता
बर्दियामा आजदेखि बाघ गणना सुरू

बर्दिया । बाघको संख्या एकिन गर्न बर्दियामा बुधबारदेखि गणना थालिएको छ।

चितवनलगायत राष्ट्रिय निकुञ्जमा पुस १ गतेबाट बाघ गणना भए पनि बर्दियामा भने प्राविधिक कारणले बुधबारदेखि सुरू भएको हो । सन २०२२ मा नेपालमा बाघको संख्या ३ सय ५५ पुगेको थियो । बर्दियामा १ सय २५ वटा बाघ रहेको तथ्याङ्क छ । बाघ गणनाको लागि दाङ,बाँके र बर्दियामा एकै साथ क्यामेरा ट्रयापिङ गर्न थालिएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.