भारतबाट अवैधरूपमा इन्जिन र चेसिस नम्बर किर्ते गरी चलाइएका ६ वटा गाडी नियन्त्रणमा

पुस ८, २०८२ |कान्तिपुर टीभी संवाददाता
भारतबाट अवैधरूपमा इन्जिन र चेसिस नम्बर किर्ते गरी चलाइएका ६ वटा गाडी नियन्त्रणमा

इटहरी । कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले भारतबाट अवैधरूपमा आयात गरेर इन्जिन र चेसिस नम्बर किर्ते गरी चलाइएका ६ वटा बोलेरो गाडी नियन्त्रणमा लिएको छ ।

ट्राफिक प्रहरीले ताप्लेजुङबाट विभिन्न मितिमा नियन्त्रणमा लिएको ती सवारी साधन मङ्गलवार पत्रकार सम्मेलन गरी सावैजनिक गरिएको हो । नियन्त्रणमा लिएको ती सवारीसाधनहरूको विवरण नक्कली रहेको र रेकर्ड यातायात व्यवस्था कार्यालयमा समेत नमिलेको प्रहरी उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.