सडक पेटीको गमलामा सुन्दर चित्रहरू काेरिँदै

पुस ६, २०८२ |कान्तिपुर टीभी संवाददाता
सडक पेटीको गमलामा सुन्दर चित्रहरू काेरिँदै

चितवन । जिल्लाको भरतपुर महानगरपालिका-१, स्थित दियालो रोडलाई सौन्दर्यकरण गर्ने अभियानअन्तर्गत सडक पेटीको गमलामा सुन्दर चित्रहरू कोर्न थालिएको छ ।

वडा नम्बर १ को आर्थिक सहयोगमा दियालो रोड टोल विकास संस्थाले करिब ६ सय मिटरको दूरीमा रहेका ७५ वटा चारपाटे गमलामा चित्र कोर्ने काम भइरहेको टोलका अध्यक्ष रविकुमार प्रधानले जानकारी दिनुभयो । 

लीला चोकदेखि गौरेश्वर पशुपति मन्दिरसम्मका सडकमा विभिन्न जातजातिको संस्कृति झल्किने, हिमाल, बाघ, गैंडा, मयुर, विभिन्न भगवानका चित्र कोर्न थालिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.