कोशीमा बालकमाथि हुने यौन दुर्व्यवहार तथा दुराचारका घटना बढ्दाे

पुस ६, २०८२ |कान्तिपुर टीभी संवाददाता
कोशीमा बालकमाथि हुने यौन दुर्व्यवहार तथा दुराचारका घटना बढ्दाे

कोशी । कोशी प्रदेशमा बालकमाथि हुने यौन दुर्व्यवहार तथा दुराचारका घटना बढेका छन् ।

प्रदेश प्रहरी कार्यालय धरानका एसएसपी ज्ञानेन्द्र फुयाँलले बालक हिंसाका घटना बढ्दो मात्रामा रहेको बताउनुभयो । मानसिक समस्या भएका पीडकहरूबाट पनि बालकमाथि यौन हिंसा हुने गरेको अध्ययनका क्रममा पाइएको उहाँले बताउनुभयो । 

यौन हिंसाबाट चालु आर्थिक वर्षको मंसिरसम्म ४१ जना बालबालिका पीडित भएका छन् । यस्तै गत आर्थिक वर्षमा एक सय रहेको छ भने आर्थिक वर्ष २०८०/०८१ मा ८५ रहेको एसएसपी फुयाँलले बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.