कमजोर कानुनका कारण नेपालमा वन्यजन्तु चोरीसिकारी र अवैध तस्करी बढ्दो

पुस ५, २०८२ |कान्तिपुर टीभी संवाददाता
कमजोर कानुनका कारण नेपालमा वन्यजन्तु चोरीसिकारी र अवैध तस्करी बढ्दो

झापा । कमजोर कानुनको फाइदा उठाउँदै नेपालमा वन्यजन्तुको अवैध चोरी सिकारीमा तस्करहरू सक्रिय हुने गरेको वातावरण कानुनका ज्ञाताहरूले औंल्याएका छन् ।

वातावरण कानुन समाजले झापाको विर्तामोडमा गरेको कार्यक्रममा सहभागी वक्ताहरूले वन्यजन्तुको सिकार गरी तिनका अंगहरूको तस्करी गर्ने प्रवृत्तिले नेपालका थुप्रै वन्यजन्तु लोप हुने अवस्थामा पुगेको बताए । नेपालमा २०२९ सालमा बनेको कानुन अहिलेसम्म परिमार्जन नहुँदा चोरीसिकारीले प्रश्रय पाएको ज्ञाताहरूको ठहर छ ।

नेपालबाट हात्तीको दाह्रा, रौं, बाघको छाला, शालक, रेडपान्डा, गैडाको खाग, कस्तुरीको विणालगायत दर्जनौं जीवजन्तुका अंगहरूको अवैध चोरी तस्करी हुने गरेको वातावरण कानुन समाजले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.