
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यबाहक सभापतिसहितका पदाधिकारीसँग महाधिवेशनको कार्यतालिका हेरफेर गर्नेबारे छलफल गर्नुभएको छ ।
सभापति देउवासँगको छलफलमा कार्यबाहक सभापति पुर्णबहादुर खड्का, उपसभापति धनराज गुरूङ र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायत सहभागी हुनुहुन्थ्यो । त्यसअवसरमा महाधिवेशनको कार्यतालिका हेरफेरका विषयमा छलफल भए पनि कार्यातालिका कसरी हेरफेर गर्ने भन्ने विषयमा भने कुनै टुंगो नलागेको सहभागी एक सदस्यले जानकारी दिए ।
केहीदिन पछि कार्यसम्पादन समितिको बैठकले बोलाउने र त्यही बैठकमा कार्याताललिका हेरफेर हुने बताइएको छ । त्यस्तै विधान संशाेधनका लागि विधान संशोधन समिति गठन गर्ने सहमति भएको छ । त्यस्तै विभिन्न समयमा अनुशासनको कारबाहीमा परेकाको बाँकी अवधि मिनाहा गर्ने पनि सहमति भएको बताइएको छ ।