खोटाङमा एक घरमा आगलागी, सात लाख बराबरको क्षति

मंसिर २०, २०८२ |उत्तम चौलागाईं
खोटाङमा एक घरमा आगलागी, सात लाख बराबरको क्षति

खोटाङ । खोटाङमा आगलागीबाट एक घर पुर्णरूपमा जलेर नस्ट भएको छ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-२ सोल्मास्थित निगाले राजखर्ककी कृष्णकुमारी राईको घर पूर्णरूपमा जलेर नस्ट भएको हो।

शुक्रबार राति साढे ८ बजे खाना पकाउने क्रममा किचनबाट सल्किएको आगोले ढुंगामाटोको गारो, टिनको छानो भएको तीनतले घर जल्दा सात लाख बराबरको क्षति भएको प्रहरीले बताएको छ ।


Image

उत्तम चौलागाईं

चौलागाईं कान्तिपुर टेलिभिजनका खोटाङ संवाददाता हुन् ।