आन्दोलनका क्रममा मोरङका सरकारी तथा निजी कार्यालयमा आगजनी गर्ने ३९ जना पक्राउ

मंसिर १६, २०८२ |कान्तिपुर टीभी संवाददाता
आन्दोलनका क्रममा मोरङका सरकारी तथा निजी कार्यालयमा आगजनी गर्ने ३९ जना पक्राउ

विराटनगर । जेन-जी आन्दोलनका क्रममा मोरङका सरकारी तथा निजी कार्यालय आगजनी तथा तोडफोड गर्ने ३९ जना पक्राउ परेका छन् । 

ताजिम अन्सारीसहित ३९ जनालाई प्रहरीले पछिल्लो दुई दिनमा पक्राउ परेको मोरङ प्रहरीका प्रमुख कवित कटवालले बताउनुभयो । अन्सारी नेपाली कम्युनिष्ट पार्टीका स्थानीय नेता हुन् । अमनलाल मोदी सामान्य प्रशासन मन्त्री हुँदा उनी स्वकीय सचिव थिए । जेन-जी आन्दोलनका क्रममा विध्वंशात्मक गतिविधि गर्नेहरूको खोजी कार्य जारी रहेको मोरङ प्रहरीले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.