जलेश्वरस्थित जिल्ला प्रहरी कार्यालयमा घरेलु हिंसादेखि अपराधिक गतिविधिसम्बन्धी उजुरीको चाङ

मंसिर १२, २०८२ |विकास आर्या
जलेश्वरस्थित जिल्ला प्रहरी कार्यालयमा घरेलु हिंसादेखि अपराधिक गतिविधिसम्बन्धी उजुरीको चाङ

महोत्तरी । महोत्तरीको जलेश्वरस्थित जिल्ला प्रहरी कार्यालयमा उजुरीको चाङ लागेका छन् ।

१० नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीमा घरेलु हिंसादेखि अपराधिक गतिविधिसम्बन्धी उजुरी बढेको प्रहरीको तथ्यांकले देखाएको हो । यसैबीच सर्वसाधारण र जनप्रतिनिधिले जिल्ला प्रहरी कार्यलयले आयोजना गरेको सार्वजनिक सुनवाइमा गुनासो र उजुरी बढे पनि कारबाहीमा ढिलाइ भएको गुनासो गरेका छ्न ।

चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म महिला तथा बालबालिका सम्बन्धित ३ सय ९४ वटा उजुरी महिला सेलमा परेको छ । प्रहरीले कात्तिक मसान्तसम्म २ सय २४ वटा मुद्दा दर्ता गरेको छ । भारतीयसँग जोडिएको महोत्तरीको सीमामा तस्करी, महिला दुर्व्यवहारजस्ता घटना बढे पनि सरोकारवाला गम्भीर नभएको स्थानीयको गुनासो छ ।


Image

विकास आर्या

आर्या कान्तिपुर टेलिभिजन महोत्तरीका संवाददाता हुन् ।