खोटाङमा ट्रयाक्टर दुर्घटना हुँदा दुईजना घाइते

मंसिर ८, २०८२ |उत्तम चौलागाईं
खोटाङमा ट्रयाक्टर दुर्घटना हुँदा दुईजना घाइते

खोटाङ । ट्रयाक्टर दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । 

सोमबार बेलुका अन्दाजी ४ बजे दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-४ खाल्लेमा भएको दुर्घटनामा दिप्रुङ चुइचुम्मा गाउँपालिका-३ छोरम्बु घर भएका ४० वर्षीय लक्ष्मण नेपाली र सोही ठाउँका ३१ वर्षीय दिपक नेपाली घाइते भएका हुन् ।सदरमुकाम दिक्तेलबाट थ्रीस्टार हाइड्रो पावर जाने क्रममा प्र १ ०२ ००३ त ३५७ नं को ट्रयाक्टर आफैं अनियंत्रित भई सडकबाट अन्दाजी ६० मिटर तल दुर्घटनाग्रस्त भएको थियो।

घाइते दुबैको टाउकोमा चोट लागेको र जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिनुभयाे। उनीहरूको टाउमा चोट लागेकोले सिटिस्क्यानको लागि सुविधासम्पन्न अस्पताल लैजाने तयारी भइरहेको बुढाथोकीको भनाइ छ ।


Image

उत्तम चौलागाईं

चौलागाईं कान्तिपुर टेलिभिजनका खोटाङ संवाददाता हुन् ।