नागढुङ्गा-मुग्लीन सडक खण्डभित्रका पुराना पुलको निर्माण तिव्र गतिमा हुँदै

कार्तिक २६, २०८२ |पोषनाथ अधिकारी
नागढुङ्गा-मुग्लीन सडक खण्डभित्रका पुराना पुलको निर्माण तिव्र गतिमा हुँदै

धादिङ । पटक-पटक भत्किने र प्वाल पर्ने समस्या भइरहेको निर्माणाधीन नागढुङ्गा-मुग्लीन सडक खण्डभित्र भएका पुराना पुलको निर्माणको कामलाई तिव्रता दिइएको छ ।

उक्त सडकखण्डमा रहेका विभिन्न २१ स्थानमा नयाँ पुल हाल्नु पर्ने र पुल निर्माणको काम नसकिँदा पुराना पुल निर्माण हुन सकेका थिएनन् । अहिले धेरै स्थानमा नयाँ पुल निर्माण सम्पन्न भएको र कतिपय स्थानमा नयाँ पुलबाट नै सवारी सञ्चालन हुन थालेपछि अहिले पुराना पुलको पनि मर्मत सम्भार थालिएको हो ।

नागढुङ्गा-मुग्लीन सडकखण्डमा जम्मा २१ नयाँ पुल निर्माण गर्नुपर्नेमा अहिलेसम्म १५ पुलको काम लगभग सकिएको छ भने केहिबाट सवारीसमेत सञ्चालन भइसकेका छन् । पुल निर्माणको काम सकिएर सवारी सञ्चालनमा आएका स्थानमा रहेको पुराना पुलकोपनि धमाधम मर्मत थालिएको हो ।


Image

पोषनाथ अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका धादिङ संवाददाता हुन् ।