
उदयपुर । सगरमाथा राजमार्गअन्तर्गत गाईघाट-लहान सडकखण्डको त्रियुगा नगरपालिका-४ बगाहामा साेमबार विङ्गर गाडी दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।
गाईघाटदेखि लहानतर्फ जाने क्रममा ना १ ज ८३९१ नम्बरको सो गाडी दुर्घटना हुँदा चालकसहित १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घाइते हुनेमा विङ्गरमा सवार त्रिनपा-११ संगमटोलका ७४ वर्षीय पूर्णबहादुर राई, उनकी बहिनी अन्दाजी ६० वर्षीया रामकुमारी राई, त्रिनपा-१२ का ४४ वर्षीय ज्ञानेन्द्र विक, ओखलढुंगाको खिजिदेम्बा-२ पोखरीका ४५ वर्षीय तीर्थ घिमिरे, काठमाडौंको गोकर्णेश्वर नपा-२ का ४४ वर्षीय स्वयम्भू राज पोखरेल घाइते भएका हुन् ।
त्यस्तै त्रिनपा-१२ सोनापुरकी १७ वर्षीया प्रजिता विक, त्रिनपा-७ चुहाडेका २२ वर्षीय केवल ठकुरी, त्रिनपा-२ का ७७ वर्षीय कमलबहादुर खड्का सोहि ठेगानाका ५७ वर्षीय नरबहादुर खत्री र चालक सप्तरीको हनुमान नपाका २७ वर्षीय उपेन्द्र साह पनि सामान्य घाइते भएका छन् । अन्य दुई घाइतेको अवस्था सामान्य रहेको छ ।
घाइतेहरूलाई उपचारका लागि उदयपुर अस्पताल लगिएको छ ।