
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकको विकास र समृद्धिमा सक्रिय योगदान दिन गैरआवासीय नेपालीलाई आह्वान गर्नुभएको छ ।
काठमाडौंमा साेमबार आयोजित एनआरएनएको १२ औं ग्लोबल कन्फरेन्सलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले गैरआवासीय नेपालीहरूलाई लगानीका लागि आह्वान गर्नुभएको हो । उहाँले मुलुकमा सम्पन्न निर्वाचनबाट आएको नयाँ जनादेश र बदलिँदो परिवेशले देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगाएको पनि बताउनु भयो ।
यस महत्वपूर्ण समयमा एकताको महाधिवेशन आयोजना गरेर नेपालको विकास, सहकार्य र साझा जिम्मेवारीको सन्देश प्रवाह गरेकोमा उहाँले एनआरएनएप्रति धन्यवाद व्यक्त गर्नुभयो । प्रधानमन्त्री कार्कीले संघका नवनिर्वाचित संघका पदाधिकारीहरुप्रति बधाइ दिँदै गैरआवासीय नागरिकको हक, हित र अधिकारका पहरेदारी गरिरहनसमेत सुझाउनु भयो ।