सत्यवती तालमा लागेको पाँच दिने मेलामा श्रद्धालुले चढाएको दान तथा भेटी गन्न सुरू

कार्तिक २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
सत्यवती तालमा लागेको पाँच दिने मेलामा श्रद्धालुले चढाएको दान तथा भेटी गन्न सुरू

पाल्पा । चिच्चाएर वर माग्ने पाल्पाको सत्यवती तालमा लागेको पाँच दिने मेला सकिनासाथ श्रद्धालुले चढाएको दान तथा भेटी गन्न सुरू गरिएको छ ।

तिनाउ गाउँपालिकाका कर्मचारी, जनप्रतिनिधि, समितिका प्रतिनिधि, सुरक्षाकर्मीको रोहबारमा यहाँ चढाएका भेटी तथा दानमा संकलित रकम गन्न सुरू गरिएको हो । बिहीबार दिनभरमा २३ लाख भेटी गनेर सकिएको तिनाउ गाउँपालिकाले जनाएको छ । चढाएको नगद चिसो रहेको र सुकाउँदै गन्नुपर्ने भएकाले दान तथा भेटी गन्न अझ दुई दिन लाग्ने गणनामा सहभागी कर्मचारीले जानकारी दिएका छन् । 

पाँच दिनसम्म लागेको मेलामा श्रद्धालु भक्तजनले नगदी रसिद, दान पात्र र मन्दिर वरपर पैसा चढाएका थिए । पाल्पाको सबैभन्दा धेरै जनसहभागीता हुने सत्यवती तालमा लागेको मेलामा झन्डै २ लाख बढी श्रद्धालुले ताल र सत्यवती बज्यै मन्दिरको दर्शन गरेका थिए । गतवर्ष तालमा लागेको मेलाबाट ३२ लाख ८१ हजार ८ सय ७० रूपैयाँ दान तथा भेटी संकलन भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर गाहाले जानकारी दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.