ऐतिहासिक व्रह्मा मन्दिरको समुद्घाटन

कार्तिक २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
ऐतिहासिक व्रह्मा मन्दिरको समुद्घाटन

काठमाडौं । छैटौं शताब्दीको ऐतिहासिक व्रह्मा मन्दिरको पुनः निर्माण सम्पन्न भइ समुद्घाटन गरिएको छ ।

शुक्रबार मध्यान्ह काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह, उपप्रमुख सुनिता डंगोल, डा. स्वामी केशवानन्द गिरी लगायतको उपस्थितिमा मन्दिरको समुद्घाटन गरिएको हो । यो मन्दिर काठमाडौं महानगरपालिका वडा नम्बर ८ जयवागेश्वरी गायत्री मार्गमा अवस्थित १९९० सालअघि नै भग्नावशेषको रूपमा रहेको थियो । 

छैटौं शताब्दीको ऐतिहासिक व्रह्मा मन्दिरकाे काठमाडौं महानगरले पुनः निर्माण सम्पन्न गरेको हो । केही दिनअघि मात्रै छैटौँ शताब्दीमा बनेको ऐतिहासिक व्रह्माको मूर्ति मन्दिरमा पुनःस्थापना गरिएको थियो । उक्त ऐतिहासिक मूर्ति ४० वर्षदेखि गौशला प्रहरी वृतमा रहेको थियो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.