
दोलखा । रोल्वालिङ हिमश्रृंखलाअन्तर्गतको यलुङ रि हिमाल आरोहणका क्रममा हिमपहिरोमा परेकामध्ये थप २ विदेशी आरोहीको शव निकालिएको छ ।
बुधबार इटालीका पाउलो कोको र फ्रान्सका क्रिस्चियन आन्द्रे मनफ्रेडीको शव निकालिएको दोलखाका प्रहरी प्रमुख ज्ञानकुमार महतोले बताउनुभयो । मंगलबार नेपाली पथप्रदर्शक सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका-५ का मेरे कार्की र दोलखाको गौरीशंकर गाउँपालिका-९ का पदम तामाङको शव निकालिएको थियो ।
सोमबार बिहान यलुङ रि आरोहणका क्रममा उनीहरू हिमपहिरोमा परेका थिए ।