
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री किशोर सिंह राठोरले कान्तिपुर टेलिभिजनका पत्रकार प्रकाश बममाथि दुर्व्यवहार गर्नुभएको छ ।
कांग्रेस केन्द्रीय समिति बैठकको समाचार संकलनका लागि सानेपास्थित पार्टी कार्यालयमा पुगेका पत्रकार बमलाई राठोरले अपशब्द प्रयोग गर्दै गालीगलौज गरी हातपातको समेत प्रयास गर्नुभएको हो । केन्द्रीय समिति बैठकबाट बाहिरिँदै गर्दा बमले बैठकमा कांग्रेस महाधिवेशनका लागि प्रस्तावित दुईवटा कार्यतालिकाका बारेमा जिज्ञासा राख्दा जवाफमा राठोरले केन्द्रीय समितिको बैठकले गर्ने निर्णय आफूलाई किन सोधेको भन्दै आक्रोश पोख्नुभयो र अश्लील शब्द बोल्दै हातपातको प्रयास समेत गर्नुभयो।
राठोरले हातपात गर्न खोज्दा अरु पत्रकारले रोकेका थिए ।