गोरखाको पाङबारी हिमाल चढ्न गएका दुई इटालियन आरोहीको शव फेला

कार्तिक १८, २०८२ |भीमलाल श्रेष्ठ
गोरखाको पाङबारी हिमाल चढ्न गएका दुई इटालियन आरोहीको शव फेला

गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका-२ स्थित पाङबारी पिक हिमाल आरोहणका क्रममा हिउँमा फसेका दुई इटालियन नागरिक मृत फेला परेका छन् ।

५१ वर्षीय फारोनाटो स्टेफानो र २८ वर्षीय क्यापुटो एलेसान्द्रो मृत फेला परेका हुन् । गत असोज २९ गते पाङबोचेस्थित ताजुङ भन्ज्याङ नाका जाने बाटोमा पर्ने पाङबारी पिक हिमाल आरोहणका लागि ३ जना इटालियन र ३ नेपाली सहयोगी त्यसतर्फ गएका थिए । तर अत्याधिक हिमपात भएपछि उनीहरू फसेका थिए । 

फसेकामध्ये ५ हजार ५ सय मिटर उचाइमा अवस्थित बेसक्याम्पमा रहेका इटालियन नागरिक र उनीसँग रहेका पेम्बा दोर्जी शेर्पा, दाबा छिरी शेर्पा र पासाङ तामाङलाई भने कात्तिक १६ गते उद्धार गरिएको थियो । मृत फेला परेकाहरूको शव आजै काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।


Image

भीमलाल श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका गोरखा संवाददाता हुन् ।