
गाेरखा । मौसममा सुधार आएसँगै गोरखाको चुमनुब्री गाउँपालिका अन्तर्गत लार्केपास पदयात्रा सुचारु भएको छ ।
गाउँपालिका, एमक्याप र स्थानीयको पहलमा लार्केपासमा जम्मा भएको हिउँ हटाएर पदमार्ग बनाएपछि पदयात्रा सुचारु भएको हो । गोरखाको मनास्लु पदमार्ग हुँदै ५ हजार १ सय ६ मिटर उचाइमा रहेकाे लार्केपास पार गरेर पर्यटकहरू मनाङ भिमताङ निस्कने गर्दछ ।
मौसम प्रतिकूलतासँगै आएकाे हिमपातपछि लार्केपास पदमार्ग बन्द भएको थियो । गोरखाको स्थानीय प्रशासनले पनि पदयात्रा खुला भएको सूचना पनि जारी गरिसकेको छ । मनास्लु पदमार्गमा पहिरोमा परेर एकजना विदेशी पर्यटक हराउनुसाथै १ जना नेपाली पदयात्री घाइते भएका थिए ।