डिभिजन वन कार्यालय भोजपुरका प्रमुख दानबहादुर श्रेष्ठविरूद्ध भ्रष्टाचार मुद्दा दायर

कार्तिक १७, २०८२ |कान्तिपुर टीभी संवाददाता
डिभिजन वन कार्यालय भोजपुरका प्रमुख दानबहादुर श्रेष्ठविरूद्ध भ्रष्टाचार मुद्दा दायर

भोजपुर । डिभिजन वन कार्यालय भोजपुरका प्रमुख दानबहादुर श्रेष्ठविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

पदको दुरूपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले डेढ करोड रूपैयाँ बिगो कायम गरी विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले श्रेष्ठविरूद्ध १ करोड ४३ लाख १८ हजार ९ सय ३७ रूपैयाँ बिगो कायम गरी बिगोबमोजिम जरिवाना, स्रोत नखुलेको सम्पत्ति र यसबाट बढे-बढाइएको चलअचल सम्पत्ति जफतको माग दाबी गरेको छ ।

डिभिजन वन अधिकृतका रुपमा डिभिजन वन कार्यालय, भोपुरमा कार्यरत श्रेष्ठविरूद्ध इलाममा कार्यरत रहेका बेला अख्तियारमा उजुरी परेको थियो । पदीय अख्तियारीको दुरूपयोग गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको उजुरीपछि अख्तियारले श्रेष्ठको सरकारी सेवा प्रवेशयताको सम्पत्ति अनुसन्धान दायरामा ल्याइएको थियो । 

त्यस क्रममा श्रेष्ठ सरकारी सेवा प्रवेश गरेको २६ असार २०४८ देखि १६ फागुन २०८० को ३२ वर्षको सम्पत्ति अनुसन्धान दायरामा ल्याइएकोमा यस अवधिको स्रोत नखुलेको सम्पत्ति कायम गरी मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.