
बुटवल । बुटवल-नारायणगढ सडक खण्ड अन्तर्गत दाउन्नेमा साेमबार पनि सवारीको लामो जाम लागेको छ ।
पानी पर्न रोकिएपनि सडकमा रहेको लेदो नसुकेको र विभिन्न स्थानमा सवारी साधन बिग्रिएको कारण सडक एकतर्फी मात्र सञ्चालनमा आएको हो । शुक्रबार साँझदेखि यस क्षेत्रमा सवारी आवागनम असहज हुँदै आएको हो ।
दाउन्ने खण्ड पार गर्न ५/६ घन्टा समय लाग्ने गरेको छ । मालबाहक सवारी उकालोमा सडक चिप्लो हुँदा उक्लन नसक्दा चार दिनदेखिको जाम अझैं हटेको छैन । प्रशासनले दाउन्नेमा सडक चिप्लो र जाम लामो भएकाले यो खण्ड भएर चल्ने सवारी र यात्रु लाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।
बुटवलबाट काठमाडौं जाने यात्रुले पाल्पा हुँदै पोखरा-मुग्लिङ सडक प्रयोग गर्दै आइरहेका छ्न् । जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी मधु नेपालका अनुसार अत्यावश्यकबाहेक यो खण्ड को यात्रा नगर्न आग्रह गरिएको छ ।