
गोरखा । गोरखा जिल्लाको धार्चे गाउँपालिका-३ स्थित तातोपानी इलाकामा अलपत्र परेकाहरूको नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ ।
गोरखाको सामा गाउँबाट माछीखोलातर्फ आउँदै गरेका २० जना विदेशी र १५ जना नेपाली गरी ३५ जना पर्यटक पहिरोको कारण सोही ठाउँमा अलपत्र परेका थिए । सोबारे जानकारी प्राप्त हुनासाथ नेपाली सेना र सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस आरूघाटबाट खटिएको टोलीले उनीहरूको उद्धार गरी माछिखोलातर्फ पठाएको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो । उद्धार गरीएकाहरूको अवस्था भने सामान्य रहेको छ ।