
पाँचथर । नावा खोलामा आएको बाढीले सडकमा क्षति पुर्याएपछि अवरूद्ध तमोर करिडोर आइतबार मध्यान्हदेखि सञ्चालनमा आएको छ ।
तमोर करिडोर आयोजनाले पाँचथर र धनकुटाको सिमावर्ती नावा खोला बाढीले बगाएको पहुँच मार्ग मर्मत गरेसँगै यो सडकमा सवारी र ढुवानीका साधन चल्न थालेका हुन । बाढीले क्षति पुर्याएसँगै यो सडक कात्तिक १३ गतेदेखि अवरूद्ध थियो । सडक अवरूद्ध हुँदा पाँचथर र ताप्लेजुङ जिल्लाबाट तमोर करिडोर भएर सुनसरी मोरङसहित विभिन्न जिल्ला पुग्ने सवारी र यात्रु रोकिएका थिए ।
सडकको अवरोध हटेसँगै यो सडकमा रोकिएका सवारी र ढुवानीका साधन आ-आफ्नो गन्तव्यतर्फ प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डिएसपी) अनिषकुमार कर्णले जानकारी दिनुभयाे ।