थापाथलीस्थित सम्पदा क्षेत्रमा अनधिकृत रुपमा बनाइएका संरचनामा महानगरको डोजर

कार्तिक १६, २०८२ |कान्तिपुर टीभी संवाददाता
थापाथलीस्थित सम्पदा क्षेत्रमा अनधिकृत रुपमा बनाइएका संरचनामा महानगरको डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित राम मन्दिर परिसरमा अवैध रूपमा बनाइएका भौतिक संरचनामा डोजर चलाएको छ ।

सम्पदा क्षेत्रमा निर्माण गरिएको संरचनाहरूमा आइतबार महानगरले डोजर चलाएको हो । महानगरले सम्पदा क्षेत्र खुला राख्ने र संरक्षण गर्ने उद्देश्यका साथ थापाथली क्षेत्रमा रहेका अवैध भौतिक संरचना भत्काइरहेको छ । महानगरपालिकाले राम मन्दिर परिसरमा रहेको ट्राफिक प्रहरी प्रभाग पनि भत्काउने बताएको छ । 

अहिले त्यहाँ बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । महानगर प्रहरी पनि ठूलो संख्यामा खटिएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.