लगातारको वर्षापछि साँगा क्षेत्र हिलाम्य हुँदा यात्रूहरू सकसपूर्ण यात्रा गर्न बाध्य

कार्तिक १५, २०८२ |सुन्दर शिल्पकार
लगातारको वर्षापछि साँगा क्षेत्र हिलाम्य हुँदा यात्रूहरू सकसपूर्ण यात्रा गर्न बाध्य

भक्तपुर । लगातार भइरहेको वर्षापछि भक्तपुर काभ्रे सिमाना साँगा क्षेत्र हिलाम्य भएको छ । 

जसका कारण उपत्यकाबाट अरनिको राजमार्ग हुँदै काभ्रे लगायतका पूर्वी जिल्लाहरूमा यात्रा गर्न यात्रूहरूले निकै सास्ती खेप्नु परेको छ । केहि दिनदेखि परेको वर्षाका कारण साँगा क्षेत्र हिलाम्य हुँदा यात्रूबहाक तथा साना चारपाँग्रे र दुई पाँग्रे सवारी साधन सावरी साधन मुस्किलले जाने गरेका छन । 

हिलोका कारण ग्यास बुलेट बोकेको गाडी फसेपछि तीन दिन यता बिहानको समयमा एकतर्फी यातायात सञ्चालन गरी सवारी आवगमन सहज बनाएको भक्तपुर ट्राफिक प्रहरी परिसरका प्रमुख ट्राफिक प्रहरी निरिक्षक झरना सोनारले जानकारी दिनुभयो । 

भक्तपुरको सुर्यविनायकदेखि काभ्रेको धुलिखेलसम्मको सडक ६ लेनमा स्तरोन्नतिको कार्य भइरहेको छ । साँगा क्षेत्रमा माथिबाट लेदोसहितको पहिरो झर्ने क्रम पनि नरोकेपछि सडकमै लेदो थुप्रिँदा हिलोमा सास्ती खेप्दै यात्रा गर्न यात्रूहरू बाध्य भएका हुन । 

केहि दिनदेखि जगातीमै रोकेका मालवाहक सवारी साधनहरू पनि शनिबारबाट जान दिएको प्रहरीले जनाएको छ । साँगाको बाटो हिलाम्य हुँदा नाला हुँदै काभ्रे जाने सवारी साधनका कारण नालाको बाटोमा पनि सावारीसाधनको चाप बढेको छ ।


Image

सुन्दर शिल्पकार

शिल्पकार कान्तिपुर टेलिभिजनका भक्तपुर संवाददाता हुन् ।