डिकी ल्हामु लामाद्वारा आमा दब्लम हिमालकाे सफलतापूर्वक आराेहण

कार्तिक ७, २०८२ |भीमलाल श्रेष्ठ
डिकी ल्हामु लामाद्वारा आमा दब्लम हिमालकाे सफलतापूर्वक आराेहण

गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका-१ सामागाँउकी २६ वर्षीया डिकी ल्हामु लामाले आमा दब्लम हिमाल आरोहण गर्नुभएको छ ।

सोलुखुम्बु जिल्लामा पर्ने ६ हजार ८ सय १२ मिटर अग्लो आमा दब्लम हिमालको डिकी ल्हामु लामाले बिहीबार बिहान ६ बजेर २६ मिनेटमा सफल आरोहण गर्नुभएको हो ।

आरोहणका लागि १३ घण्टा २६ मिनेट समय लागेको हिमाल चढेर बेस क्याम्प फर्किए पछि लामा स्वयमले जानकारी दिनुभयो । डिकी ल्हामु लामाले सन् २०२१ मा मनास्लु र २०२२ मा सगरमाथा हिमाल पनि आरोहण गरिसक्नु भएको छ ।

डिकी ल्हामु लामा मनास्लु हिमालको आरोहण गर्ने सामागाउँका पहिलो स्थानीय समेत हुन ।


Image

भीमलाल श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका गोरखा संवाददाता हुन् ।