महात्तरी । रोकिएर राखिएको यात्रुवाहक बसमा भीषण आगलागी भएको छ।
महोत्तरीको जलेश्वर नगरपालिका-६ स्थित साहुजी पट्टि वडा कार्यालय नजिकै दिउँसो साढे १२ बजे तिर रोकिएर राखिएको प्रदेश ३-०१-००६ ख ०७४४ नम्बरको महोत्तरी टाइगर नाम गरेको बसमा आगलागी भएको हो।
घटनामा कुनै मानवीय क्षति नभए पनि बस पुर्णरूपमा जलेर नष्ट भएको हो । आगलागीको कारण हालसम्म खुल्न सकेको छैन भने घटनाको विषयमा थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएकाे छ ।