
जनकपुर । सूर्यप्रतिको आस्था र विश्वासको महापर्व छठमा मधेस प्रदेश सरकारले थप एक दिन सार्वजनिक बिदा दिने भएको छ।
२०८१ साल चैत २२ गते प्रदेश राजपत्रमा प्रकाशित विदाअनुसार कार्तिक उदाउँदो सूर्यलाई अर्ध दिने दिन कार्तिक ११ गते मंगलबार थप एक दिन विदा दिने भएको हो ।
प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयका उपसचिव गणेश नायकद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ । छठ पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिने परम्परा रहेको हुनाले दुई दिन बिदा दिनुपर्ने माग उठिरहेको बेला मधेश प्रदेश सरकारले यो आंशिक सम्बोधन गरेको हो।
योसँगै विद्यालय, स्वास्थ संस्था, वित्तीय संस्था, स्थानीय तहलगायत सरकारी कार्यालयहरू मंगलबार बन्द रहनेछन्। विभिन्न जातजातिका महिला पुरुषहरू नदी, पोखरीलगायतका जलाश्यहरूमा भेला भई सूर्य देवको पुजा आराधना गरी धूमधामका साथ छठ पर्व मनाउने गर्छन ।
