
दार्चुला । दार्चुलाको मार्मा गाउँपालिका-३ दानीखेतमा शक्रबार बिहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
मार्माको लटिनाथबाट सार्सी जाने क्रममा सु.प.प्र. ०१ ००१ ज १६६२ नम्बरको जिप दानीखेतमा दुर्घटना हुँदा गाडी धनी ३४ वर्षीय करबीर सिंह ठगुन्नाको मृत्यु भएको मार्मा गाउपालिका-३ का वडाध्यक्ष धिरेन्द्र धामिले बताउनु भयो ।
ईलाका प्रहरी कार्यालय लटिनाथका अनुसार गाडी सडकबाट झन्डै दुई सय मिटर तल खसेको थियो। स्थानीयहरूले बेहोस अवस्थामा भेटिएका ठगुन्नाको स्वास्थ्य चौकी लग्दै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरी नायव निरीक्षक जंगबहादुर चन्दले बताउनुभयो ।
जिप कसले चलाएको हो र कसरी दुर्घटना भयो भन्ने एकिन भइ नसकेको प्रहरीले जनाएको छ। चालकको खोजी र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।