बुटवल । रूपन्देहीको गैडहवामा दुर्गा मूर्ति विसर्जन गर्ने क्रममा नदीमा डुबेर तीन जना युवाको डुबेर मृत्यु भएको छ।
गैडहवा गाउँपालिका-६ सूर्यपुराघाटमा दुर्गा मूर्ति विसर्जन गर्ने क्रममा नदीमा डुबरे मायादेवी गाउँपालिका-१ का १३ वर्षीय अजय हरिजन, १५ वर्षीय दीपु हरिजन र २८ वर्षीय रोहित हरिजनको मृत्यु भएको हो ।
रूपन्देहीका प्रहरी निरीक्षक सुरज कार्कीका अनुसार दानव र कञ्चन नदीको संगमस्थल सूर्यपुरास्थित सन्तेश्वर घाटमा दिउँसो करिब ३ बजे उनीहरू मूर्ति विसर्जन गर्न पुगेका थिए। विसर्जनका क्रममा उनीहरू नदीमा बेपत्ता भएपछि प्रहरी र स्थानीय बासिन्दाले खोजीकार्य सुरू गरेका थिए।
खोजीका क्रममा करिब २०० मिटर तल तीनै जनाको शव फेला परेको प्रहरीले जनाएको छ।