संखुवासभा । मकालु गाउँपालिका-३ की गर्भवती २९ वर्षीया सिता तामाङलाई समस्या भएपछि सोमबार बिहान हवाई उद्धार गरी विराटनगरको कोशी अस्पताल लगिएको छ।
तामाङ आइतबार बेलुका करिब ७ बजे पाथिभरा स्वास्थ्य चौकी (बर्थिङ सेन्टर)मा बच्चा नचलेको कारण उपचारका लागि पुगेकी थिइन्। स्वास्थ्यकर्मीले अवस्था जटिल भएको भनेपछि तत्काल उद्धारको पहल गरिएको थियो।
प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाका अनुसार तामाङलाई सोमबार बिहान करिब ९ बजे मकालु-३ सिम्मास्थित शोभा आधारभूत विद्यालयको मैदानबाट सेनाको हेलिकप्टरमार्फत उद्धार गरी विराटनगरस्थित कोशी अस्पताल पुर्याइएको हो।
उनलाई राष्ट्रपति हवाई उद्धार कार्यक्रमअन्तर्गत गरिएको हो।