काठमाडौं । हिन्दु धर्मावलम्वीहरूको पर्व दीपावली मनाउन जनकपुरमा भव्य तयारी गरिएको छ ।
धनधान्यकी देवी लक्ष्मीको पूजा तथा आराधना गरी दीपावली मनाउन भव्य तयारी गरिएको हो । दीपावलीलाई मध्यनजर गरी जनकपुलाई बेहुलीझैँ सजाइएको छ । जनकपुरधाम बजारमा चहल पहल समेत बढेको छ ।केराको बोट, हरियो पात र फुलमालाले सुनरपट्टी लगायतका क्षेत्र झकिझकाउ पारिँदैछ ।
मिष्ठान भण्डारहरूमा प्रसादका लागि मिस्ठान किन्नेहरूको भीड लागेको छ । दीपावली सामान्य व्यक्ति भन्दा पनि उद्योगी व्यवसायीहरूले विशेष तमझामका साथ मनाइरहेको देखिएको छ । व्यापारीहरू आ-आफ्ना व्यापारिक प्रतिष्ठानहरूलाई सजाएका छन् ।
यता जनकपुरधाम उपमहानगरपालिकाले पनि दीपावलीको पूर्वसन्ध्यामा नगर सरसफाइ गरिएको थियो । त्यस्तै विद्युतीय पोलहरूमा नयाँ बल्वहरूसमेत जडान गरिएको हो ।