भक्तपुर । राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानले नेपाली नोटमा नेपाल सम्वत्काे प्रयोग गर्न माग गरेको छ ।
भक्तपुरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठले नेपाल सम्वत् ११४६ को अवसर पारेर नेपाली नोटमा नेपाल सम्वत् प्रयोगका लागि सरकारलाई आग्रह गरिएको प्रतिष्ठानका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
यसमा सरकार सकारात्मक रहेको पनि अध्यक्ष श्रेष्ठको भनाइ छ । भक्तपुरमा आज आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठले नेपाल सम्वत् ११४६ को अवसर पारेर नेपाली नोटमा नेपाल सम्वत् प्रयोगका लागि सरकारलाई आग्रह गरिएको प्रतिष्ठानका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
यसमा सरकार सकारात्मक रहेको पनि अध्यक्ष श्रेष्ठको भनाइ छ । साथै विदेशस्थित नेपाली दुतावासहरूमा नेपाल सम्वत् ११४६ का अवसरमा नेपाल डे मनाउन तथा राष्ट्रिय विभूती शंखधर साख्वाको नाममा राष्ट्रिय पुरस्कार स्थापना गर्न पनि सरकारसँग माग गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
तीनै तहका सरकारले नेपाल सम्वत् प्रवर्द्धनमा आवश्यक बजेट व्यवस्था गर्न पनि सरकारलाई ध्यानाकर्षण गराएको पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।