तिहारमा रंगीबिरंगी झिनियाँ रोटी बनाउने उद्यमीको व्यापार चुलियो

पाल्पा र गुल्मीबाट मात्र ५ करोड बढीको व्यापार हुने
कार्तिक ३, २०८२ |कान्तिपुर टीभी संवाददाता
तिहारमा रंगीबिरंगी झिनियाँ रोटी बनाउने उद्यमीको व्यापार चुलियो

पाल्पा । लुम्बिनी प्रदेशका पाल्पा, गुल्मीलगायत पहाडी जिल्लामा तिहारको समयमा चामलबाट बनाइने झिनियाँ रोटी बनाएर बिक्री गर्ने उद्यमीको व्यस्तता चुलिएको छ ।

तिहारमा थरिथरिका रंगमा बनाइने झिनियाँ रोटी प्रयोग हुने भएकाले बनाउन र बिक्री गर्नेहरूलाई फुर्सद नभएको उद्यमीहरू बताउँछन्। बिक्रीका लागि बजारको कुनै समस्या नभएकाले पाल्पा, गुल्मी लगायतका जिल्लाका महिला तथा पुरूष उद्यमीले झिनियाँ रोटी बनाउने गर्छन् । 

दशैं तिहार जस्ता चाडपर्वमा मात्र महिलाहरूले ५० हजारदेखि १० लाखसम्म झिनियाँ रोटीको कारोबार गर्दै आएका छन् । रंगीबिरंगी यो रोटीको मूल्य १२ गोटालाई ५० रूपैयाँदेखि ८ सय रूपैयाँसम्म पर्छ । महिलाको आम्दानीको बलियो स्रोत बन्दै गएको झिनियाँ रोटी पाल्पा र गुल्मीबाट मात्र ५ करोड बढीको व्यापार हुने गरेको उद्योगीहरूले बताएका छन् । 

उत्पादन भएको झिनियाँ रोटी बुटवल, नेपालगञ्ज, भैरहवा, नवलपरासी, पोखरा, काठमाडौं, नारायणगढलगायतका स्थानमा पुग्ने गर्छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.