तिहार लागेसँगै पाल्पाका मुख्य बजारमा सामान खरिद गर्ने उपभोक्ताको भीड

कार्तिक ३, २०८२ |कान्तिपुर टीभी संवाददाता
तिहार लागेसँगै पाल्पाका मुख्य बजारमा सामान खरिद गर्ने उपभोक्ताको भीड

पाल्पा । तिहार लागेसँगै पाल्पाका मुख्य बजार क्षेत्रमा सामान खरिद गर्ने उपभोक्ताको भीड बढेको छ ।

पाल्पाको सदरमुकामा तानसेन, दोस्रो मुख्य व्यापारिक केन्द्र रामपुरलगायत ग्रामीण बजारमा सामान खरिद गर्न उपभोक्ताको भीड लागेको हो । बिहानदेखि साँझसम्म तानसेन, रामपुरलगायतका किराना पसल, कपडा पसलदेखि सब्जी पसलमा समेत तिहारका सामग्री किनमेल गर्नेको घुइँचो लागेको छ । 

तिहारका लागि आवश्यक खाद्यान्नलगायत भाई मसला, नयाँ भाँडा, लत्ता कपडाका साथै रंग, माटोका दियो, झिलिली बत्ती, मिठाई, प्लाष्टिकका सजावट, फूल, भाइटीकाका लागि रूमाल, टोपीलगायतका सामग्री किनमेल गर्नेको भीड लागेको छ । 

सामान खरिद बिक्री बढी हुने र तिहारलाई चाहे जति सामाग्री बजारमा पाइने भएकाले तानसेन, रामपुर तथा ग्रामीण बजारमा चहलपहल बढेको व्यापारीले बताएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.