बारामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

कार्तिक २, २०८२ |कान्तिपुर टीभी संवाददाता
बारामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिकाको पथलैया नजिक डुङ्ग्रे पुलमा आइतबार बिहान भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । 

पथलैयाबाट निजगढतर्फ जाँदै गरेको ना ३३ प ६८५७ नम्बरको मोटरसाइकल बिहान करिब २ बजे अनियन्त्रित भई पुलको रेलिङमा ठोक्किँदा गम्भीर घाइते भएका दुबै जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका दुबैजनालाई उपचारका लागि एल एस न्युरो अस्पताल परवानीपुर पठाउने क्रममा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख बेदप्रकाश जोशीले बताउनुभएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक जितपुर सिमरा उपमहानगरपालिका-१५ नयाँबस्ती टोल बस्ने २० वर्षीय साजन तामाङ रहेको र अर्का मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.