भक्तपुर । भक्तपुर नगरपालिकामा यस वर्षको किजा पूजा अर्थात् भाईटीका कार्तिक ५ गते मनाइने भएको छ ।
भक्तपुर तलेजुका पुजारी तथा ज्योतिषहरू डा. वीरेन्द्रप्रसाद कायष्ठ र केदारप्रसाद दैवज्ञ जोशीसहितको उपस्थितिमा बसेको बैठकले नेपाल पञ्चांग निर्णायक विकास समितिले तोकिएको मितिभन्दा फरक तिहार मनाउने मिति निर्धारण गरिएको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतले बताउनुभयो।
भक्तपुरमा तलेजु भवानी मन्दिरका पुजारी र ज्योतिषले दिएको साइतलाई आधार मानेर चाडपर्व मनाउँदै आएको छ । तर यस वर्ष नेपाल पञ्चांग निर्णायक विकास समितिले भने कार्तिक ६ गते भाईटीका साइत दिएको छ । भक्तपुरमा यस वर्षको तिहार आज (आइतबार) काग तिहार , सोमबार लक्ष्मीपूजा, कार्तिक ४ गते म्हा : पूजा र कार्तिक ५ गते किजा पूजा मनाउन आग्रह गरिएको नगप्रमुख सुनिल प्रजापतिले बताउनुभयो।