कैलालीमा मलामी बोकेको ट्याक्टर दुर्घटना, तीनको मृत्यु, ९ जना घाइते

कार्तिक २, २०८२ |कान्तिपुर टीभी संवाददाता
कैलालीमा मलामी बोकेको ट्याक्टर दुर्घटना, तीनको मृत्यु, ९ जना घाइते

कैलाली । कैलालीमा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्।

बर्दगोरिया गाउँपालिका-४ बाट चिसापानीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००२ त ४९५१ नम्बरको ट्याक्टर लम्कीचुवा नगरपालिकाअन्तर्गत पर्ने धोबेनी खोलामा अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको हो। ईलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्र बहादुर सिंहका अनुसार घटनास्थलमै ६४ वर्षीय दानबहादुर साउद, ३४ वर्षीय हर्क साउद र १६ वर्षीय शीतल साउदको मृत्यु भएको छ। 

दुर्घटनामा घाइते भएका ९ जनालाई स्थानीय र प्रहरीले उद्धार गरी लम्कीस्थित लाल रत्न अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.