अर्घाखाँची । नेवार समुदायका प्रचलित एवं ऐतिहासिक नाचमध्येको भैरव नाच नेवार समुदायभित्र मात्रै नभइ अर्घाखाँचीका अन्य समुदाय माझपनि लोकप्रिय बन्दै गएको छ ।
तान्त्रिक बिधिबाट रातको समयमा नाचिने नाचलाई रोचक बनाउन लाठी नाच, घोडा नाच, चरा नाचसमेत देखाउने गरिन्छ । भैरव नाच सन्धिखर्क, डिभर्ना, वाङ्ला, नुवाकोट लात्तेवाजलगायतका क्षेत्रमा आलोपालो देवी जगाएर नचाउने गरिएको डिभर्ना भैरव समाजका अगुवा बसन्त श्रेष्ठले जानकारी दिनुभयो ।
यस नाच श्रीकृष्ण जन्माष्टमीको दिन सुरू गरी कार्तिक औंशीसम्म नाचिने प्रचलन छ ।