
काठमाडौं । यातायात क्षेत्रसम्बन्धी सर्वोच्च अदालतका आदेशहरू कार्यान्वयन सम्बन्धमा गठित जाँचबुझ आयोगले गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष प्रतिवेदन बुझाएको छ ।
आयोगका सदस्यहरूले मंगलबार गृहमन्त्री अर्यालसमक्ष प्रतिवेदन बुझाएका हुन् । सरकारले गत २२ मंसिरमा यातायात क्षेत्रसम्बन्धी सर्वोच्च अदालतका आदेश कार्यान्वयन सम्बन्धमा दीपक सुवेदीको अध्यक्षतामा जाँचबुझ आयोग गठन गरेको थियो । अध्यक्ष सुवेदीले प्रतिवेदनमा सर्वोच्चका फैसलाहरू कार्यान्वयन गर्न तत्काल गर्नुपर्ने कामका साथै कानुन संशोधन वा नयाँ कानुन निर्माणमार्फत गर्नुपर्ने विषय समेटिएको बताउनुभयो ।
प्रतिवेदन बुझ्दै गृहमन्त्री अर्यालले प्रतिवेदनलाई छिटो कार्यान्वयनमा लैजाने प्रतिaद्धता जनाउनुभएको सुवेदीले जानकारी दिनुभयो ।