काभ्रे । मंगलबार दिउँसो धुलिखेल नगरपालिका-४, अरनिको राजमार्गअन्तर्गत अठ्ठाईस किलो चोकमा काठमाडौंबाट चौतारातर्फ जाँदै गरेको बागमती प्रदेश ०३००१ ज ३८६ नम्बरको माइक्रोबाट फरार कैदी पक्राउ परेका छन्।
भदौ २४ गते ‘जेन-जी आन्दोलन’ का क्रममा जबरजस्ती करणी मुद्दामा नख्खु कारागारमा रहेका र त्यही बेला माैका छाेपि फरार भएका सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-३, कुनचोक निवासी अन्दाजी ३५/३६ वर्षीय रविन आचार्यलाई सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्युरोको विशेष सूचनाका आधारमा पक्राउ गरिएको हो।
नं.१५ गण मातहत विपद् व्यवस्थापन सुरक्षा बेस आईटी पार्कबाट सप्रनानी भिमसेन केसीको कमाण्डमा खटिएको टोलीले उनलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धुलिखेलमा बुझाईएको जानकारी पाचखालस्थित नं.१५ गणका एसपी माधव रेग्मीले दिनुभयो।