विपीनको शव नेपाल ल्याउने प्रक्रिया सुरु गरिएको परराष्ट्र मन्त्रालयकाे भनाइ

आश्विन २८, २०८२ |कान्तिपुर टीभी संवाददाता
विपीनको शव नेपाल ल्याउने प्रक्रिया सुरु गरिएको परराष्ट्र मन्त्रालयकाे भनाइ

काठमाडौं । गाजामा मृत्यु भएका नेपाली विद्यार्थी विपीन जोशीको शव नेपाल ल्याउने प्रक्रिया सुरु गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

विपीनको शव नेपाल ल्याउनका लागि इजरायलस्थित नेपाली दूतावासलाई समन्वय गर्नसमेत आवश्यक निर्देशन दिइसकिएको पराराष्ट्र मन्त्रालयले जानकारी दिएको हो । इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले शवको डिएनए परीक्षणका लागि २४ देखि ४८ घण्टा समय लाग्ने र त्यसपछि नेपाल पठाउन प्रक्रिया सुरु गर्ने बताउनुभयो । नेपालस्थित इजरायली दूतावासले पनि शवको डीएनए परीक्षणपछि आवश्यक प्रक्रिया पुर्याएर परिवारलाई हस्तान्तरण गरिने जनाएको छ ।

बन्धक बनाइएको ७ सय ३८ दिनपछि विपिनसहित ४ जनाको मृत्यु भएको पुष्टि गर्दै हमासले अन्तर्राष्ट्रिय रेडक्रसको समन्वयमा इजरायली पक्षलाई शव हस्तान्तरण गरेको हो । हमासको सैन्य शाखा अल-कसम ब्रिगेडले विज्ञप्ति जारी गर्दै उनीहरूको मृत्यु गाजामा इजरायली हवाई आक्रमणका क्रममा भएको दाबी गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.