लायन्स क्लब अफ काठमाण्डुद्वारा काभ्रेका पीडित परिवारलाई सहयाेग

आश्विन २७, २०८२ |कान्तिपुर टीभी संवाददाता
लायन्स क्लब अफ काठमाण्डुद्वारा काभ्रेका पीडित परिवारलाई सहयाेग

काभ्रे । लायन्स क्लब अफ काठमाण्डुले काभ्रेको पनौती तेमालका राजु सापकोटाको परिवारलाई नगद ४ हजारका साथै वेथान्चोक गाउँपालिका वडा नं ६ का पहिरो प्रभावित भीमबहादुर घलानलाई खाद्यान्न तथा लत्ताकपडा उपलब्ध गराएको छ।

गत असोज १८ गते अत्याधिक वर्षापछि भिरालो स्थानमा रहेको राजु सापकोटाको घर बस्न अयोग्य भएपछि दाजुको घरमा बस्दै आएको बखत चट्यांङ परेर घरको दोस्रो तल्ला जलेको थियो। गत असोज १८ गते अत्याधिक वर्षा पछि भिरालो स्थानमा रहेको राजु सापकोटाको घर बस्न अयोग्य भएपछि दाजुको घरमा बस्दै आएको बखत चट्यांङ परेर घरको दोस्रो तल्ला जलेको थियो। 

चट्यांङबाट घरका उपभोग्य सामग्री गुमाएका राजु सापकोटाले सहयोग पाएकोमा धन्यवाद व्यक्त गर्दै स्थायी बासको लागि सहयोग गर्न अपील गर्नुभयो।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.