गुडिरहेको कारमा आगलागी

आश्विन २७, २०८२ |कान्तिपुर टीभी संवाददाता
गुडिरहेको कारमा आगलागी

उदयपुर । मदन भण्डारी राजमार्गअन्तर्गत उदयपुरको नेपालटार–गाईघाट सडकखण्डको उदयपुरगढी गाउँपालिका वडा नं.७ अधेरीमा सामेबार गुडिरहेको कारमा आगलागी भएको छ ।

इलामबाट काठमाडौं तर्फ जाँदै गरेको बा ९ च ८६६८ नं. को फोर्ड कम्पनीको भिभो कार गुडिरहेको अवस्थामा अचानक आगलागी भएको हो । आगलागीबाट कार पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक केदारमान दोङले जनाकारी दिनुभयो ।

कार चालक इलामको चुलाचुली गाउँपालिका-५ का ४२ वर्षीय प्रेम कुमार सेन्चुरी, उनकी श्रीमती २७ की अनिता सेन्चुरी, उनको छोरा १४ वर्षीय आयुष सेन्चुरी सकुशल रहेको बताइएको छ भने ७ वर्षीय छोरा आरोन सेन्चुरी सामान्य घाइते भएका छन् । घाइते बालकको जिल्ला अस्पताल उदयपुरमा उपचार भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.