टीओबी समूहका तेन्जेन दावा पक्राउ, छ दिन म्याद थप

आश्विन २७, २०८२ |कान्तिपुर टीभी संवाददाता
टीओबी समूहका तेन्जेन दावा पक्राउ, छ दिन म्याद थप

काठमाडौं । जेन-जी आन्दोलनमा हतियारसहित सहभागी भएको आरोपमा पक्राउ परेका टीओबी समूहका तेन्जेन दावालाई प्रहरीले छ दिन म्याद थप गरेर अनुसन्धान थालेको छ । 

दावालाई अभद्र व्यवहारमा काठमाडौं जिल्ला अदालतबाट प्रहरीले म्याद थप गरेको हो । जेन-जी आन्दोलनमा पेस्तोलसहित देखिएको भनिएका दावालाई प्रहरीले आइतबार पक्राउ गरेको थियो । दावाले आफू टीओबीको सदस्य भएकोसमेत स्वीकारे पनि पेस्तोलसहित देखिएको फोटो भने पुरानो भएको दाबी गरेको प्रहरीले जनाएको छ ।

प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवन भट्टराईले आन्दोलन भड्काउन टीओबी लेखेको टिसर्ट लगाउने समूहमाथि प्रहरीले निगरानी बढाइरहेको बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.