सुन तस्करी प्रकरण : पूर्वसभामुख महराविरूद्ध मुद्दा दर्ता

आश्विन २७, २०८२ |कान्तिपुर टीभी संवाददाता
सुन तस्करी प्रकरण : पूर्वसभामुख महराविरूद्ध मुद्दा दर्ता

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराविरूद्ध मुद्दा दर्ता भएको छ ।

पूर्वसभामुख महराविरूद्ध सुन तस्करीको अभियोगमा ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बराबरको बिगो दाबी गर्दै काठमाडौं जिल्ला अदालतमा साेमबार मुद्दा दायर भएको हो। मुद्दामा संगठित अपराधसँगै भन्सार ऐन र सुन तस्करीसम्बन्धी अभियोग पनि दाबी गरिएको छ । संगठित अपराध ऐनअन्तर्गत हदैसम्मको कैद दाबी गरिएको छ ।

जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपककुमार श्रेष्ठले महराविरूद्ध साेमबार मुद्दा दर्ता भएको र बयान तथा थुनछेक भोलि अर्थात् मंगलबार हुने जानकारी दिनुभयो । चिनियाँ संगठित गिरोहसँग मिलेर सुन तस्करी गरेको आरोपमा महरालाई प्रहरीले आइतबार पक्राउ गरेको थियो ।

विद्युतीय चुरोट (भेप) मा लुकाएर सुन तस्करी गराएको आरोपमा महरा २०७९ मै अनुसन्धानमा तानिनुभएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.