तमोर नदीको बाढीले सवदाह गृह क्षतिग्रस्त भएपछि दाहसंस्कारमा समस्या

मर्मतका लागि सरकारसँग हारगुहार
आश्विन २६, २०८२ |विनोद घिमिरे
तमोर नदीको बाढीले सवदाह गृह क्षतिग्रस्त भएपछि दाहसंस्कारमा समस्या

धनकुटा । धनकुटाको मुलघाटमा सञ्चालित सवदाह गृह तमोर नदीको बाढीले क्षतिग्रस्त भएपछि दाहसंस्कारमा समस्या भएको छ ।

असोज १७ र १८ को बाढीले क्षति पुगेपछि डिजेलबाट सञ्चालित सवदाह गृह अहिले बन्द छ । बाढीले सवदाह गृहको आधाभन्दा बढी भाग पुरेको छ भने उक्त परिसरमा रहेको चिम्नी समेत भत्काएको छ । बाढीले प्लान्ट वरिपरिका संरचना पुरिँदा अहिले वैकल्पिक रूपमा दाउराको प्रयोग गरेर अन्त्येष्टि गर्नुपर्ने बाध्यता भएको छ। 

सवदाह गृह र मलामीका लागि निर्मित विश्रामस्थलसमेत बाढीले पुरिएको छ। बिग्रिएको संरचनाको मर्मतका लागि समितिले जिल्ला विपद् व्यवस्थापन समितिसमक्ष सहयोगको अनुरोध गरिएको विश्रान्ती मन्दिर व्यवस्थापन समितिका महासचिव जनार्दन घिमिरेले बताउनु भयो ।


Image

विनोद घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका धनकुटा संवाददाता हुन् ।